१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले पाउँदैन अमेरिकी भिसा ? यस्तो छ दूतावासको स्पष्टिकरण



अ+ अ-

काठमाडौं । कम्युनिष्ट पार्टीका सदस्य रहेका तथा निरंकुश पार्टीका सदस्यहरुले अमेरिकाको भिसा नपाउने भनी हालै अमेरिकी विदेश मन्त्रालयको हवाला दिएर प्रकाशन गरेका समाचारको नेपालस्थित अमेरिकी दूताबासले खण्डन गरेको छ । हालै आएको सो समाचार सत्य नरहेको भन्दै दूताबासले आज विज्ञप्ति प्रकाशन गरेको छ । अमेरिकी दूताबासद्धारा प्रकाशित विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

'अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही भ्रामक सूचनाहरूका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको छ। हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानहरूमा कुनै पनि परिवर्तन गरिएको छैन। त्यसैगरी यसले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफसेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ।

अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै प्रशासनिक निर्देशिका जारी गरेको हो- खासमा एक सूचनामुलक जानकारी- र यो अमेरिकामै रहनुभएका आप्रवासीहरूको आवेदनमा काम गरिरहनुभएका युएससिआइएस अधिकृतहरूको लागि हो। यससम्बन्धी समाचारहरूले भ्रम पैदा गरेका छन्। सन् १९५२ मा अमेरिकी कङ्ग्रेसले आप्रवासन तथा नागरिकता ऐन पारित गरेको थियो, जसले कुनै कम्युनिष्ट वा अधिनायकवादी पार्टीहरूसँगको संलग्नता अथवा सदस्यता भएका व्यक्तिहरूलाई अमेरिका आप्रवासनमा रोक लगाएको थियो।

यो कानूनमा धेरै अपवाद र छूटको व्यवस्था गरिएको छ, जसले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिन्छ। साथै यस् कानून आस्थायी रूपमा वा गैरआप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमण गर्न चाहनुहुने व्यक्तिहरूलाई कुनै असर गर्दैन। विचार या पृष्‍ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं। हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं तथा ७३ बर्षदेखि झैं निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र यहाँका जनतासँग गर्दै आएझैं लोकतन्त्रको थप सुदृढिकरणका लागि काम गरीररहने प्रतिवद्धता पनि दोहोर्याउन चाहन्छौं।'