१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठकमा खासमा के भयो ?



अ+ अ-

काठमाडौ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा सार्बजनिक रुपमा बहसमा आएका कुनै पनि बिषयमा ठोस छलफल हुन  भएन ।  

मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निबास वालुबाटारमा बसेको बैठकमा  न त मन्त्रीमण्डलको पुनर्गठन , न राजनीतिक नियुक्तिकै बारेमा छलफल भयो । बरु पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिका बारेमा  भन्दै सामाजिक सञ्जालमा दिएको टिप्पणीका बारेमा ठट्टा भएको थियो ।

बैठकमा सांगठानिक एकीकरणको विषयमा कुरा मात्र उठे पनि छलफल भने भएन । मंगलबारको बैठकमा चिकित्साक्षेत्रको सुधारको माग राखी अनसनमा बस्नु भएका डा.गोविन्द केसीको बारेमा अधिकांश समय छलफल भएको थियो । प्रधानमन्त्री ओलीले केसी पक्षसँग शिक्षा सचिवको टोलीले छलफल गरिरहेको जानकारी गराउनु भएको थियो ।