२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ ।

शुक्रवार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताउनु भयो । उहाँले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको बताउनु भयो । उहाँले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो,‘समय परिवर्तनसँगै खाने कुराहरुमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ ।’

उहाँले रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताउनु भयो । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरुमा लेखनाथ पोखरेल,ममता थापा, मदन पौड्याल, प्रशान्त खड्का, रवि थापा र सरिता थारु हुनुहुन्छ ।