२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो । उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउनु भयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढी आइरहेको छ । मेरो व्यक्तिगत रुपबाट के बुझाइ छ भने संघीयतालाई कार्यान्वयन गर्नको लागि हामीले गर्नुपर्ने कामहरु कति ग¥यौँ । संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा काम गर्नेदेखि कामहरु कति गरेका छौँ । त्यहाँ कामका लागि के अनुभव आए त्यो टिप्पणी हुनुपर्छ । संघीयता खर्चिलो भयो, संघीयता व्यवहारिक भएन, श्रोतको दुरुपयोग भयो, दोहनको लागि मात्रै सबै कोशिस भयो भन्नेकुराहरु भइरहेको छ । सानो मुलुक, अन्त जे भएको छ, त्यो हेर्दा बेठिक नै भएको छ भन्ने कोणबाट हेर्ने कोशिस गरिएको छ । अब कार्यान्वयन गर्दा ल्याएका कुराहरु के बेठिक भए कार्यान्वयनबाट प्रमाणित गर्ने मेहनत हामीले गर्नुपर्छ । कानूनको, बुझाइको, क्षमताको अभावमा ति कुराहरु अड्किएका छन् । त्यसलाई पूरा गर्न के गर्न सकिन्छ, त्यसमा संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस गराउने कोशिस भएको छ ।’

सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनु भयो ।