१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्व नजिकिदै गर्दा बजार सुनसान



अ+ अ-

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । 

दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको हो । केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बाजरमा सुनसान देखिएको छ । 

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ । ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो ।

पर्यटकिय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन् । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएकोछ  ।