४ पुष २०८१, बिहीबार
,
Latest
किसानलाई कि तेस्रो मुलुक पठाम्, नत्र औषधीमा बिष मिसाइ दिम् , टन्टै साफ काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन फाईनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता महिला यू-१९ एसिया कपः वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले अंक बाँडे रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन ‘पुष्पा २’बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म थानकोट–चित्लाङ सडक खण्ड बन्द गर्न लागेकोमा मदन भण्डारी विश्वविद्यालयको असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती



अ+ अ-

बनियानी, (झापा) । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।

ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उहाँको भनाइ छ ।

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डिएपी मल र बीउ एकै पटक राखिएको छ । जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ ।