८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय



अ+ अ-

एजेन्सी । तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् । हालसम्मैकै पुराना विश्वविद्यालयका बारेमा कमैलाई थाहा छ । विश्वविद्यालयको अवधारणा भने पुर्विय दर्शन रहेको यी विश्वविद्यालयहरुको इतिहासले देखाउँछ भन्ने धेरै विज्ञहरुको भनाइ रहेको छ । आउनुहोस् हेरौ कुन कुन रहेछन् त विश्वकै सबैभन्दा विश्वविद्यालयहरु

१. तक्क्षशिला विश्वविद्यालयः

कुनै समय भारतवर्षमा रहेको यो विश्वविद्यालय हाल पाकिस्तानमा रहेको छ । यो विश्वविद्यालयको स्थापना ६०० बिसी र ५०० एडीको बिचमा गन्धार राज्यमा भएको मानिन्छ । हाल यो राज्य पाकिस्तानमा पर्छ । कुनै समय भारतवर्षको भुभागमा रहेको

यो विश्वविद्यालयमा ६८ वटा विषयहरुमा पढाइ हुन्छ । वेद, व्याकरण, दर्शन, एस्ट्रोनोमी, मेडिसिन, सर्जरी, लडाइबारे, राजनीति, संगीत आदि बारे पढाइ सञ्चालन हुदै आइरहेको छ ।

यस विश्वविद्यालयमा प्रवेश गर्न कम्तीमा १६ वर्ष पुगेको हुनुपर्छ । त्यो समयमा १० हजार ५ सय विद्यार्थीहरु यस विश्वविद्यालयमा पढ्ने गर्थे । चीन, बेवीलोन, सिरिया तथा ग्रिसबाट पढ्न आउने विद्यार्थीहरुको ठुलो जमघट यो विश्वविद्यालयमा हुने गथ्र्यो ।

२. नालन्दा विश्वविद्यालय

यो विश्वविद्यालय सन् ५०० देखि सन् १३०० मा सञ्चालनमा आएको बताइन्छ । यस विश्वविद्यालयलाई विदेशी शक्तिहरुले आक्रमण गरी ध्वस्त पारेका थिए । यस विश्वविद्यालयमा ३०० लेक्चर हलहरु, ल्याबहरु, लाइब्रेरहिरु र अब्जेबेटरीहरु रहेका थिए । चिनीयाँ यात्रीहरुको राखेको रेकर्ड अनुसार करिब १० हजार विद्यार्थीहरुलाई २०० प्रोफेसरहरुले पढाउने गर्थे ।

गुप्ता ऐजमा यस विश्वविद्यालय रहेको बताइन्छ ।

३. अल–कराओइन विश्वविद्यालय, मोरक्को

अल–कराओइन विश्वविद्यालय मोरक्कोमा अवस्थित रहेको छ । यो विश्वविद्यालय पहिला मस्जिदको रुपमा स्थापना गरिएको थियो । फतिमा–अल–फिहिरीले सन् ८५९ मा स्थापना गरेकी थिइन् । प्राकृति विज्ञानमा अध्यापन गराउँदै आइरहेको यस विश्वविद्यालयमा सन् १९५९ मा नयाँ विषयहरुमा अध्यापन गर्न थालियो ।

४. अल अजहर विश्वविद्यालयः इजिप्ट

यो विश्वविद्यालय सन् ९७०–९७२ मा इजिप्टमा फातिमिडको सामराज्यमा स्थापना भएको थियो । यस विश्वविद्यालयमा अरेबिक साहित्य र सुन्नी इस्लामिक धर्मबारे अध्यापन गराइन्थो । अब भने यस विश्वविद्यालयमा मोर्डन विषयहरुमा पढाइ हुन्छ । यसको लाइबेरीलाई इस्लाकिम साहित्यको खजना मानिन्छ ।

५. अल निजामियाः बग्दाद–इरान

सन् १०६५ मा यो विश्वविद्यालय सञ्चालनमा आएको थियो । ख्वाजा निजाम अल–मूल्कले यस विश्वविद्यालयलाई सञ्चालनमा ल्याएका थिए भने विस्तार गर्न विभिन्न ठाउँमा यस विश्वविद्यालयको शाखा पनि खोलेका थिए ।

मिडियाबल वल्र्डमा यी पाँच विश्वविद्यालयहरु सबैभन्दा ठुला विश्वविद्यालयहरु थिए ।




भर्खरै