६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा

नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा
अ+ अ-

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८०’ घोषणा भएको छ । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औँ जन्म जयन्तीको अवसर पारेर बुधबार काठमाडौँमा एक कार्यक्रमका बिच पुरस्कार तथा सम्मान घोषणा गरिएको हो ।

नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले जानकारी दिनुभयो ।

घोषणा भए अनुसार नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा , लोक गायक बोमबहादुर कार्की , कलाकार एव‌‌म् सञ्चारकर्मी धन लामा, सङ्गीत प्रबर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, गायिका यशोदा पराजुलीलाई प्रदान गरिने भएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सि‌हलाई प्रदान गरिने भएको छ ।

त्यस्तै शास्त्रीय सङ्गीत तर्फ डा. रमेश पोखरेललाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कारबाट लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण बिकलाई प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कृत गर्ने समाजले जनाएको छ ।

यसैगरी सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरी र लेखक बिमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने भएको छ । पुरस्कार एक विशेष कार्यक्रमका बीच प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजीको ९९ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष बासकोटाले नातिकाजी गीत सङ्गीतको महासागर भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त राख्न राज्यलेपनि विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।