२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश



फाइल फोटो
अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

बुधवार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सो आदेश गरेको हो ।

अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले २७ मंसिरमा धरौटीमा छाड्न आदेश दिएको थियो । आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान जारी रहेपछि उनीमाथि पुनः म्याद थपिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।