३ पुष २०८१, बुधबार
,
Latest
पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै चितवन राष्ट्रिय निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री बर्षा बाधक बन्दा भारत र अष्ट्रेलियाको तेस्रो टेस्ट बराबरीमा सकियो भारत र अस्ट्रेलिया बीचको ब्रिस्बेन टेस्ट बराबरीमा सकियो सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्दो सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य नेपाली युवा टोलीले टस जित्यो, पहिले ब्याटिङ गर्ने आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, सात लाख बढीले लिए श्रम स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियस बने फिफा वर्ष खेलाडी



अ+ अ-

काठमाडौँ । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियनरले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् ।

जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै, रियलकै कार्लो एन्सेलोटी फिफा द बेस्ट २०२४ मा वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् । बालन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् ।

त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बालोन डे’अर जितेका थिए । रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेको थियो ।

अवार्ड पाएपछि ब्राजिली खेलाडीले भने, ‘आज म त्यो केटालाई लेख्दैछु जसले धेरै ट्रफी उठाएको देखेको छ । उसको समय आएको छ । मेरो समय आएको छ । हो, म संसारको उत्कृष्ट खेलाडी हुँ र मैले यसको लागि कडा संघर्ष गरेको छु । म निकै गरिब परिवारमा हुर्केको हुँ । मेरो समाजमा हिंसा अत्याधिक थियो । त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु ।’

अर्जेन्टिनाका लियोनल मेसीले यस अघिका दुई संस्करणका फिफा अवार्ड जितेका थिए । गत सिजन भिनिसियसले रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलमा असिस्ट पनि रह्यो ।

त्यसक्रममा भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए । महिलातर्फ भने २६ वर्षीया बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन् ।