१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको संसदद्वारा “एक देश, एक निर्वाचन” विधेयक पारित



अ+ अ-

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा रहेको भारतीय जनता पार्टीको सत्तारुढ गठबन्धनले “एक देश, एक निर्वाचन” सम्बन्धी विवादास्पद विधेयक संसदमा दर्ता गरेको छ ।

संसदमा दर्ता भएसँगै लोकसभाले उक्त विधेयकलाई छलफलका लागि मञ्जुरी दिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार विधेयकको समर्थनमा २६९ सांसदले हस्ताक्षर गरेका छन् भने १९८ सांसद विपक्षमा उभिएका छन् ।

अब उक्त विधेयक संयुक्त सदनको समितिमा छलफलका लागि गएको छ । भारतीय काँग्रेस आई समेतका विपक्षी पार्टीहरुले सरकारको निर्वाचन सम्बन्धी यस कदमले भारतीय संविधानको भावना बमोजिम संघीय संरचनामाथि हस्तक्षेप भएको आरोप लगाएका छन् । तर सरकारले उक्त आरोपको खण्डन गरेको छ ।

विधेयकको सम्बन्धमा लोकसभामा भएको मतदानमा भारतको इतिहासमै पहिलो पटक विद्युतीय मतदानको प्रयोग गरिएको थियो ।

यदि उक्त विधेयक संसदका दुबै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित भए भारतमा लोकसभा र राज्यसभाका सबै निर्वाचन एकैपटक हुनेछन् । अहिले भारतका विभिन्न राज्यमा विभिन्न समयमा निर्वाचन हुने गरेको छ । एजेन्सी