१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौंः मन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताउनुभएको हो । उहाँले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपत्यकामा खानेपानीको समस्या हुन नदिनको लागि हामीले ठाउँठाउँमा अनुगमन गरिरहेका छौं । अहिलेको नयाँ टेक्नोलोजीअनुसार काम गरेको पाइपलाइनहरुको पनि हामीले अनुगमन गरिरहेका छौं । आउने दिनमा उपत्यकामा कुनैपनि खानेपानी समस्या हुन नदिनका लागि दीर्घकालीन रुपमा योजना बनाएर पनि हामी अगाडि बढेका छौं । तर अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौं । वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सै घण्टा पानी दिनको लागि हामीले सुन्दरीजलमा नयाँ टे«ण्डर प्लान थपिरहेका छौं । त्यसको क्षमता २५ करोड ५० लाख लिटर क्षमता छ । त्यो निर्माण भइसकेपछि काठमाडौंवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’

उपत्यका नजिक पानीका मुहान नभएका कारण केही समस्या भएको उहाँको भनाइ छ ।