काठमाडौँ । प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ । नेकपा (एमाले)का नेता महेश बस्नेतसँग नाम जोडिएकी पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
साइबर अपराधको उजुरीमा उनलाई अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।
जानुका पाठक भनिने शोभा पाठकविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई खोजी गर्ने क्रममा जिल्ला अदालतबाट नियन्त्रणमा लिइएको हो ।
नेता बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।










