३० असार २०८३, मंगलवार
,
Latest
लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स कतार भ्रमणअघि उपराष्ट्रपति यादवले राष्ट्रपतिसँग गरे भेट विद्युतीय राहदानी खरिद प्रकरणः अदालतमा विचाराधीन मुद्दामा संसदीय समितिमा बहस सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद… सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर… नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच सरकारले करार र ज्यालादारी कर्मचारीले हटाउने काम नगरोस्ः आरेन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको पोस्टमा क्रिस्टल प्यालेसको तीन गोल



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

लिगको अंक तालिकामा नवौं नम्बरमा रहेको ब्राइटनलाई पन्ध्रौं स्थानमा रहेको प्यालेसले ३–१ गोलले ब्राइटनलाई स्तब्ध बनाएको हो ।

प्यालेसका तर्फबाट इस्माइला सारले ३३ र ८२ मिनेटमा गरी २ गोल गरेका थिए भने ट्रेभो चलोभाले २७औं मिनेटमा एक गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राइटनले निकै आक्रमण गरे पनि प्यालेसका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । यद्यपि ब्राइटनका लागि एक मात्र गोल खेलको अन्त्यतिर ८७औं मिनेटमा मार्क गुहीले गरेका थिए ।