३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
अ+ अ-

काठमाडौँ । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम)प्राप्त गर्न सक्ने भएका छन्।

यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी,पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो। यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने,रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।