३० असार २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी बीमाको पहुँच र तथ्यांकमाथि सांसद केरुङको प्रश्नः ‘५१ प्रतिशतको तथ्यांक वास्तविक नहुन सक्छ’ सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः मुलुकलाई जोगाउन सबै दललाई एकजुट गराउन पहल गरियोस् सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्न तीन वटै तहबाट स्रोत व्यवस्थापन हुन्छः मन्त्री पौडेल हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै बीमा दाबी प्रक्रिया र नियमनकारी क्षमतामाथि सांसद राणाको प्रश्न प्रधानमन्त्री बालेन्द्र साहलाई ‘श्री ८’ बनाउन खोजिएको कांग्रेसको आरोप लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैल्याउने उक्त गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३५ सयको प्रिमियममा एक लाखको उपचार गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिले वर्तमान सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको पुष्टि भएको सांसद ठगुन्नाको जिकिर थियो ।

त्यस अवसरमा सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रहित विरोधी गतिविधि सच्याउनका विकल्प नरहेको पनि बताउनु भयो ।