३१ असार २०८३, बुधबार
,
Latest
१० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोजेको काँग्रेसको आरोप प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्तिः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजिएको हो ? ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले भारत–नेपाल सीमा सम्बन्धमा दिएको भनिएको देशहितविपरीत अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्मा आफ्नो विरोध कायम रहने जनाएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व सरकारको भए पनि प्रधानमन्त्री शाहले भारतले नभई नेपालले सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको आरोप लगाए। उनले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुका साथै संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे।

सांसद ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा विपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आए पनि सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। उनले सरकारको मौनताले विषयलाई थप गम्भीर बनाएको टिप्पणी गरे।

त्यसैगरी, उनले सोमबार विभिन्न सञ्चारगृह अगाडि सरकारी गाडी तेर्स्याएर राखिएको घटनाप्रति पनि आपत्ति जनाउँदै त्यसले पञ्चायतकालीन शैलीको झल्को दिएको बताए। सञ्चारमाध्यमलाई त्रसित बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताविपरीत हुने भन्दै उनले सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरे।