१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय ४६ औं विश्व हुलाक दिवस मनाईंदै



अ+ अ-

काठमाडौं । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस ।  नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६ औं विश्व हुलाक दिवस मनाईंदै छ । यसवर्ष ‘मोर देन मेल’ मुख्य नरासा सहित विश्वभर हुलाक दिवस मनाईंदै छ ।

काठमाडौंको चारखाल स्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिनुभयो । हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धि बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताउनुभयो ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो । नेपालले भने १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यात लिएसँगै हरेकवर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।