३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी



अ+ अ-

काठमाडौं। नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदमा शर्माले २ हजार १५० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी गंगा थापाले १ हजार ३७० मत मात्रै प्राप्त गर्नु भएको छ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी हुनु भएको छ । सुब्बाले २ हजार ६० मत पाउँदा उहाका निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उहाका प्रतिस्पर्धी मनिषा कोइरालाले भने १ हजार ५७० मत प्राप्त गर्नु भएको छ ।

यस्तै संघको महासचिवमा डा।देवका कुमारी आचार्य हुनु भएको छ । सचिवमा भने वेली पौडेलले जीत हासिल गर्नु भएको छ ।

यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरी बिजयी हुनु भएको छ ।