१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारी सिर्जना गर्ने शिक्षा दिन सरकार प्रयासरत : प्रधानमन्त्री



अ+ अ-

काभ्रे, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको छ ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो ।

“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।”