२६ पुष २०८१, शुक्रबार
,
Latest
सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्रीद्वारा निर्माण व्यवसायीहरुलाई आग्रह नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित यो सरकार अब अघि बढ्न सक्दैनः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको सुझाव: जाडोमा शरीरका हाड जोर्नी दुख्ने समस्या भने यसो गर्नुहोस- भिडियो सहित



अ+ अ-

काठमाडौं । मुख्यत: जाडो मौसममा धेरैलाई समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग । चिसोको समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ । चिसोयाममा जीवनशैलीमा परिवर्तन आउने हुन्छ ।

चोटपटक लागेर भाँच्चिएको वा मर्किएको ठाउँमा पनि दुख्छ ।विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।

हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका एशोसिएट प्रोफेसर डा. अनिल घिमिरेको सुझाब यस्तो छ ।