२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

उपराष्ट्रपति यादवसंग चीनको ‘सीपीपीसीसी’सदस्य शुनको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसंग चीनको ‘सीपीपीसीसी’सदस्य शुनको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ ९सीपीपीसीसी० को राष्ट्रिय कमिटि सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताउनु भयो ।

‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७० औं वर्ष पुरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’ उहाँले भन्नुभयो, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।’ उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा समेत अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताउनु भयो ।

‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पुर्याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको छ । ’

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । ‘पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकास लगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहनरूपमा आपसी सहयोग एवं सहकार्य भैरहेकोमा म खुशी व्यक्त गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘ नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।’

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै महामहिम शुनको नेपाल भ्रमण सफल र बसाई सुखद रहोस् भन्ने कामना समेत गर्नुभयो ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन९सीपीपीसीसी० को राष्ट्रिय कमिटि सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरु लुम्बिनीलाई आफ्नो ह्रदयमा राखेको उल्लेख गदै यो पवित्रभूमिप्रति मसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताउनु भयो ।

‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचिकृत गरिएको छ’ उहाँले भन्नुभयो, ‘चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीहरुलाई चीनमा पढन जानका लागि व्यवस्थापन गर्दै आएको छ ।’ उहाँले नेपाल पवित्रभूमि विश्वका सम्पूर्ण बुद्धमार्गीहरुको मन र ह्रदयमामा रहेको समेत बताउनु भयो ।