१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले चितवनसामु १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

उसका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनी ६८ रनसहित अविजित रहे । ४४ बल खेलेका उनले ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, मार्टिन गप्टिलले ४५ रन जोड्दा राजेश पुलामी ३३ रनमा अविजित रहे । विराटनगरले अतिरिक्त २३ रन पायो ।

बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेद तनभिर, बसिल हमिद र कुशल मल्लले एक–एक विकेट लिए ।