१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले चितवनसामु १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

उसका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनी ६८ रनसहित अविजित रहे । ४४ बल खेलेका उनले ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, मार्टिन गप्टिलले ४५ रन जोड्दा राजेश पुलामी ३३ रनमा अविजित रहे । विराटनगरले अतिरिक्त २३ रन पायो ।

बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेद तनभिर, बसिल हमिद र कुशल मल्लले एक–एक विकेट लिए ।