१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः कर्णालीले लुम्बिनीलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २२ औं खेलमा कर्णाली याक्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले हराएको हो ।

कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्रै बनाउन सक्यो ।

उसका लागि टम मुरेसले ३६, सन्दीप जोराले २४, आसुतोष घिरैया र साद बिन जफरले १६–१६, अर्जुन साउदले १३ तथा रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ कर्णालीका जिसन मक्शुदले दुई तथा सोमपाल कामी, नन्दन यादव, विलियम बोसिस्टोले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । यस्तै, अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ विकेट लिँदा तिलक भण्डारीले २ विकेट लिए ।

जितसँगै कर्णालीले प्लेअफको सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ लुम्बिनी भने प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।