१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा राजनीतिक हस्तक्षप बढेकोमा रास्वपाको आपत्ति, उत्कृष्टताका आधारमा नियुक्त गर्न माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयमा सत्ता गठबन्धनले राजनीतिक हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएको छ । रास्वपाले त्रिविको डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा नभई सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्नुको सट्टा अवरोध सिर्जना गरी पुन: कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभिष्ट पुरा गर्ने प्रयास गरेको बताएका छन् ।

शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु शैक्षिक संस्थाहरू विरुद्धको अक्षम्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘लामो समयदेखि योग्यता र क्षमताभन्दा दलगत भागबन्डाको आधारमा विश्वविद्यालय चलाउँदा देशको शिक्षा क्षेत्रको साख निरन्तर खस्कँदो छ । योग्यतालाई बेवास्ता गर्दै राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई प्राथमिकता दिँदा नेपालको शैक्षिक क्षेत्र राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको छ । जसले उत्कृष्ट परिणाम दिन सक्ने योग्य व्यक्तिहरूलाई ओझेलमा पार्नुका साथै विश्वविद्यालयप्रति आम जनमानसमा आशा र विश्वास निरन्तर घटिरहेको छ । विश्वविद्यालयहरू आफ्नो न्यूनतम कार्यसम्पादनमा समेत चुकिरहेका छन् ।’

त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका नियुक्तिका सन्दर्भमा केही राजनीतिक दल, तिनका भ्रातृ संगठन र गलत तत्त्वहरूबाट दलीय हस्तक्षेपको हर्कत गरेकोप्रति आपत्ति जनाए। विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएका थिए तर अहिले जसरी अवरोध सिर्जना गरी पुन: कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभिष्ट पुरा गर्ने प्रयास गर्दैछन्, हामी यसको घोर भत्र्सना गर्दछौँ ।’

अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा पूर्ण समर्थन रहेको बताए । ‘सरकार र सत्तारुढ दलबाट नै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहनेछ । उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प छैन: विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य छैन । अत: हामी सम्पूर्ण विद्यार्थी, प्राध्यापक, नागरिक समाज र सरोकारवालाहरूलाई नेपालको शैक्षिक क्षेत्रमा दलीय राजनीतिकरण विरुद्ध एकजुट भई आआफ्नो ठाउँबाट योगदान दिन हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।




भर्खरै