५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै लारा आज नेपाल आइपुग्ने जानकारी गराएको छ । क्यानका अनुसार उनी आज बिहान ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

को हुन् लारा ?

आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर हुन् लारा ।

सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।

सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

यसमा ३४ शतक, ४८ अर्धशतक र ४ सय उच्च स्कोर सामेल छ । सन् १९९४ मा डरहमविरुद्ध वार्विकशायरका लागि नटआउट ५ सय १ रन बनाएको उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन ।

उनले १० अप्रिल २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा अविजित ४०० रनको विशाल स्कोर बनाएका थिए । यो रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

उनले २ सय ९९ ओडीआईमा १० हजार ४ सय ५ रन बनाएका छन् । यसमा १९ शतक, ६३ अर्धशतक र १ सय ६९ उच्च स्कोर समावेश छ ।