१० माघ २०८१, बिहीबार
,
Latest
कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ असनमा आगलागी, निभाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै लारा आज नेपाल आइपुग्ने जानकारी गराएको छ । क्यानका अनुसार उनी आज बिहान ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

को हुन् लारा ?

आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर हुन् लारा ।

सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।

सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

यसमा ३४ शतक, ४८ अर्धशतक र ४ सय उच्च स्कोर सामेल छ । सन् १९९४ मा डरहमविरुद्ध वार्विकशायरका लागि नटआउट ५ सय १ रन बनाएको उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन ।

उनले १० अप्रिल २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा अविजित ४०० रनको विशाल स्कोर बनाएका थिए । यो रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

उनले २ सय ९९ ओडीआईमा १० हजार ४ सय ५ रन बनाएका छन् । यसमा १९ शतक, ६३ अर्धशतक र १ सय ६९ उच्च स्कोर समावेश छ ।