६ असार २०८३, शनिबार
,
Latest
धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई



अ+ अ-

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयले यसअघि प्राधिकरण सञ्‍चालक समिति सदस्य रहेका दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि (मङ्गलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

दाहाललाई बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिमा कायम वरियतामा आधारमा जिम्मेवारी दिएको जनाइएको छ ।