३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि (शुक्रबारं) नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै लारा भोलि नेपाल आइपुग्ने जानकारी गराएको छ । क्यानका अनुसार उनी शुक्रबार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

को हुन् लारा ?

आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर हुन् लारा ।

सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।

सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

यसमा ३४ शतक, ४८ अर्धशतक र ४ सय उच्च स्कोर सामेल छ । सन् १९९४ मा डरहमविरुद्ध वार्विकशायरका लागि नटआउट ५ सय १ रन बनाएको उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन ।

उनले १० अप्रिल २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा अविजित ४०० रनको विशाल स्कोर बनाएका थिए । यो रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

उनले २ सय ९९ ओडीआईमा १० हजार ४ सय ५ रन बनाएका छन् । यसमा १९ शतक, ६३ अर्धशतक र १ सय ६९ उच्च स्कोर समावेश छ ।