२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाडौँले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९.३ ओभरमा १०१ रनमा अलआउट भयो ।

उसका लागि जेरहार्ड इरासमसले २०, करण केसीले १९ तथा स्टेफन स्कीनाजीले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौँलाई सस्तैमा समेट्न ललित राजवंशी र शेर मल्लले तीन–तीन, मोहम्मद मोहसीनले दुई तथा किशोर महतो र अरनिको यादवले एक–एक विकेट लिए ।