१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ७० लाखभन्दा बढी कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ ।

अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ५३ हजार ८०७ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७४ हजार ३८३ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख आठ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा ९१८ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ६० लाख ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो ।

अहिलेसम्म अमेरिकामा ७७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्यामा भने भारत तेस्रो स्थानमा छ ।