२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभएको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकताअनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो त्यो परिणाम प्राप्त हुन सकेको छैन । लगानी पनि आवश्यकताअनुसार (पूर्ण हुने कुरा त धेरै परको कुरा भयो)न्युनतम आवश्यक पूरा गर्ने ढंगको पनि भइरहेको छैन । नागरिकको स्वास्थ्य सरकारको दायित्व हो । यो सबैले स्वीकार गरेको कुरा हो । एकदमै पुँजीवादी देशले पनि स्वास्थ्यको दायित्वबाट विमुख हुन सकेका छैनन् । स्वास्थ्य कुनै न कुनै ढंगबाट राज्यले दायित्व लिनुपर्ने कुरा हो । राज्यको दायित्वको विषयमा राज्यले कति लगानी गरेको छ । कति प्राथमिकतामा राखेको छ, यसको व्यवस्थापन कति चुस्त, दुरुस्त हुन सकेको छ, यो आजको एकदमै महत्वपूर्ण विषय हो । हाम्रोमा संरचनागत पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, उपकरण उपलब्धताको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, जनशक्तिको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ ।’

मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताउनु भयो ।