२७ मंसिर २०८१, बिहीबार
,
Latest
एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य २०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने ‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’ ‘पुष्पा–२’ को विश्वभरको कमाइ १ हजार करोड, ६ दिनमा यति धेरै कमाउने पहिलो भारतीय फिल्म स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठक बस्दै गाब्बा टेस्टको पाँचै दिन वर्षाको सम्भावना, खेल बराबरी भए भारतलाई टेस्ट च्याम्पियनसिपमा पुग्न समस्या टुकुचा कोरिडोर खुलाउन माग संविधानलाई आफू अनुकुल व्याख्या गर्दा प्रदेश सरकारले अधिकार प्रयोग गर्न पाएनन्ः प्रदेशमन्त्री लामिछाने किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट डिजेल आयात घट्यो



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”

त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस