१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँलेले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गर्नुभयो ।

उहाँले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताउनु भयो । उहाँले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको बताउनु भयो । उहाँले बोर्डसँगै पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले अहिले सिमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजान आग्रह गर्नुभयो । उहाँले मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ । लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्छ । अहिले सिमित रुपमा मात्रै भएर बसेको छ । स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ ।’

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बोर्डले नयाँ अध्यक्ष पाएको भन्दै अध्यक्षले लगानी कर्ताहरुको हितमा काम गर्ने अपेक्षा रहेको पनि बताउनु भयो ।

उहाँले पुजीबजारको विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा आम नागरिकमा रहेको विश्वासलाई गुम्न दिन नहुने बताउनु भयो ।