६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’
Mayor Balen Shah
अ+ अ-

काठमाडौँ: नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्‍यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ ।

पछिल्लो समय नेपाली र्‍याप र र्‍यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्‍यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ ।

र्‍यापर गिरिस खतिवडा पछिल्लो समय र्‍यापको सुनौलो समय आएको बताउनुहुन्छ । “हामी कलाकारको लागि र्‍याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत पनि चिन्ने गरेको छु”, उहाँले भन्नुभयो ।

खतिवडाले आफूले र्‍यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउनुहुन्छ । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उहाँको बुझाइ छ ।

अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताउनुभयो । “हामीले र्‍यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्‍याप अहिले पेसा बनिसकेको छ । अहिले र्‍याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रूपमा पाएको उहाँले बताउनुभयो । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्‍यापर ।

यद्यपि र्‍यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्‍यापर हाकिमले बताउनुभयो । “र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हँुदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नुहुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्‍यापर हुन् । किनकि र्‍यापमा बेदना, भोगाई र बुझाइ हुन्छ”, उहाँ भन्नुहुन्छ ।

र्‍यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्‍यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहनुभएका उहाँले नवोदितको पीडा राम्रोसँग बुझेको बताउनुभयो । “मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि ¥यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्‍यापमा देखिएको पनि हुन् सक्छ”, गायक श्रेष्ठले भन्नुभयो । उहाँ केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानुभएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय हुनुभएको छ । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउनुहुन्छ ।

हाल र्‍यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्‍यापर खतिवडाको धारणा छ । “हामीले र्‍याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्‍यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु”, उहाँले भन्नुभयो ।

र्‍यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउनुहुन्छ । “हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ”, उहाँले भन्नुभयो ।

र्‍यापर हाकिमले ‘जी–बब’जस्ता र्‍यापर ‘रियालिटी शो’मार्फत नै आएको बताउनुभयो । उहाँसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्‍यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उहाँले देख्नुभएको छ ।

“अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्‍यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्‍यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छु”, र्‍यापर हाकिमले भन्नुभयो ।

उहाँको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उहाँले स्मरण गर्नुभयो । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ । “अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्‍याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्‍याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्‍यापका लागि राम्रो देखिएको छ”, र्‍यापर हाकिमले भन्नुभयो ।

र्‍यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उहाँहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्नुहुन्छ । रासस