२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते



अ+ अ-

जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ ।

नलगाड नगरपालिका–३ को बिराखोला कैना –कट्के सडक खण्डमा गएराति ११ बजे ग. ३. च. ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

नलगाड नगरपालिका–५ कालिमाटीबाट नलगाड ३ करूवा जाँदै गरेको उक्त जीप सडकबाट करिब ७ सय मिटर तल खोलामा खसेको थियो । जीप दुर्घटनामा परेलगत्तै चालकसहित ७ जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्घार गरी थप उपचारका लागि नगर अस्पताल दल्लीमा ल्याइएको थियो । त्यसलगत्तै चिकित्सकले ५ जनालाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिकाका वडा नं. ३ करुवा बस्ने अन्दाजी वर्ष ३१ का गाडी चालक ईन्द्रजित थापा, सोही वडाकै अन्दाजी बर्ष ६४ कि शिला पुन, अन्दाजी बर्ष ३२ कि सारदा थापा, अन्दाजी बर्ष १७ कि लक्ष्मी पुन रोका र उनको १ महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइते दुई मध्ये २१ वर्षीय जीवन विकसको अवस्था सामान्य रहेकाले सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ । अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।