१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मनाईयो कतारको राष्ट्रिय दिवस



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ होटल सोल्टीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारको दूतावासले कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रम (रिसेप्सन) मा उपराष्ट्रपति यादव सरिक हुनुभएको हो ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारी मार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । राजदूत अन्सारीले कतार र नेपालको सम्बन्ध निकै सुमधुर रहेको स्मरण गर्दे नागरिक तहमा जोडिएको सम्बन्ध मजबुत रहेको बताउनु भयो ।

उक्त समारोहमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्वसांसद, उद्योगपति, व्यापारी, खेलकुद क्षेत्रका पदाधिकारी, कलाकार एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।