२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रसिंह ऐरीको सेलिब्रेसन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हरायो । उक्त खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो ।

सुदूरपश्चिमका बलर हाबि हुँदा जनकपुर १२ ओभरमा नै अलआउट भयो । जनकपुरका जोसुवा ट्रम्पबाहेक कसैले नि दोहोरो अंकमा रन बनाउन सकेनन् ।ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकार पावरप्ले मै आउट भएका थिए । अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए ।

जनकपुरलाई ५१ रन मै समेट्न सुदूरपश्चिमका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले समान दुई दुई विकेट लिए । कप्तान ऐरीले जनकपुर बोल्ट्सका जिमी नीशमको विकेट लिएपछि उल्टी जम्प गरेर सेलिब्रेसन गरेका थिए । उनको उक्त सेलिब्रेसन दर्शकहरुले रुचाएका छन् । ६ं२ ओभरमा नीशम आउट हुँदा जनकपुरले ६ विकेट गुमाउदै जम्मा ३७ रन बनाएको थियो ।