२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक

बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक
अ अ+ अ-

काठमाडौँ : नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

समझदारी पत्रमा कुनै विशिष्ट क्षेत्रमा सहकार्यको लागि, दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा हस्ताक्षर गर्ने उल्लेख छ । त्यस्तै दुई पक्षबीच सहयोग र वार्ता सञ्चालन गर्दा साझा विकासका लागि संयुक्त परामर्श, अर्थपूर्ण प्रभावका लागि व्यावहारिक सहयोग, लगानी वृद्धिका लागि नीतिगत वातावरणमा सुधार, सम्भाव्य परियोजनाको कार्यान्वयनका लागि वार्ता गर्न संरचित मार्गदर्शन प्रदान गरी समझदारीपत्रलाई प्रभावकारी तुल्याउन दुवै पक्षले साझा गरेको पारस्परिक हितलाई महसुस गर्ने सिद्धान्त अपनाइने उल्लेख छ ।

समझदारीपत्रमा सहयोगको क्षेत्रको परिधिभित्र पर्ने परियोजनाको पहिचान र विकास गर्ने, वित्तीय तथा प्राविधिक स्रोतको बाँडफाँट, वित्तपोषणको व्यवस्था, खरिद विधि, कार्यान्वयन र कार्यान्वयनका लागि जिम्मेवार निकायको पदनामजस्ता क्षेत्रमा वार्ताको माध्यमबाट परियोजनाको विकासलाई सहजीकरण र तीव्रता दिने उल्लेख छ ।

यसैगरी आर्थिक सहयोग, वित्तीय क्षेत्रको सहयोग, यातायात, सम्पर्क र लजिस्टिक्स सहकार्य, व्यापार, औद्योगिक क्षमता र लगानी सहकार्य, भन्सार सहयोग विषयमा सहकार्यमा आधारित रहेर दुवै पक्षले सहयोगलाई प्रगाढ बनाउन प्रोत्साहित गर्ने उल्लेख छ ।

नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै परम्परागत मित्रता रहँदै आएको छ । दुई देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध, पारस्परिक लाभकारी आर्थिक सहयोग र जनस्तरको घनिष्ठ आदानप्रदानमा निरन्तर प्रगति हासिल गरेका छन् । सन् २०१७ मे १२ का दिन चीन सरकार र नेपाल सरकारबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।रासस