६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान

यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान
अ+ अ-

काठमाडौं: अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अविक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरियो।
मानव अधिकार, कानुनी शासन एवं सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।

७६ओैँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलवार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पोैडेलले वरिष्ठ अधिवक्ता भण्डारी उक्त पुरस्कारप्रदान गर्नु भयो।
समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गर्नु भएको थियो।

अधिकारकर्मी दयाराम परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागी उपचारको क्रममा चैत १५ गते सहादत भएको थियो।
अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गरिँदै आईएको हो।

हाल सम्म मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम,चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती, डाक्टर रेणु अधिकारी लगायतले ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ प्राप्त गरिसकेका छन् ।