२७ मंसिर २०८१, बिहीबार
,
Latest
विराटनगर र पोखरा तथा जनकपुर र काठमाडौं भिड्ने च्याम्पियन्स लिगः आर्सनलले मोनाकोलाई हरायो, डर्टमण्डमाथि बार्सिलोनाको रोमाञ्चक जित च्याम्पियन्स लिगः युभेन्ट्ससँग म्यान्चेस्टर सिटी पराजित जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया काठमाडौंमा मनाईयो कतारको राष्ट्रिय दिवस कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले माग्यो रास्वपा नेताहरूसँग लिखित जवाफ



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई लिखित जवाफ मागेको छ ।

पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा दिइएको अभिव्यक्तिप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ मागेको छ ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो । ‘अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्न खोजेको’ आरोपसहित उनले निवेदनमा कानुनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध पार्न खोज्ने रास्वपाका पदाधिकारीहरूलाई अवहेलनामा कारबाही हुनुपर्ने माग गरेका थिए ।

रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बागमती प्रदेशका सभापति डा. अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा लगायत रवि लामिछानेबाहेक २० जना सांसदलाई अवहेलनाको निवेदनमा विपक्षी बनाइएको छ ।

अब विपक्षी बनाइएका रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुपर्नेछ । त्यसपछि मात्रै अवहेलनाको निवेदनमाथि सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।