२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ

दशैँको मुखमा उपभोक्ता महँगीको मारमा

दशैँको मुखमा उपभोक्ता महँगीको मारमा
अ अ+ अ-

काठमाडौँ । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए । उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्यो । ” दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे । उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

उनका अनुसार केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ । उनको अनुभवमा अरू खाद्यवस्तुको तुलनामा दुगडका उत्पादन तेल, आटा, दाललगायतका सबै सामान प्रतिकेजी वा प्रतिलिटरमा २० देखि ४० रुपियाँसम्म महँगो भएको छ । सङ्घका अनुसार यसअघि २५५ रुपियाँ प्रतिलिटरमा पाइने धारा तोरीको तेलको मूल्य थोकमै २६५ सम्म पु¥याइएकोे छ । मासको दाल प्रतिकेजी १६० बाट १७० रुपियाँ पुर्याइएको सङ्घले जनाएको छ ।अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए ।

नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सो सङ्घले नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा देखिएको जनाएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारको बजार अनुगमनले साना व्यापारीबाट राजस्व उठाउने र ठूला व्यापारी एवं उद्योगीलाई संरक्षण गर्नेबाहेक अन्य कुनै काम हुन नसकेको आरोप लगाए ।

उनले दशैँको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको र चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार चुकेको बताए । चाडपर्वका बेला बजारमा वस्तु तथा सेवाको खरिद बिक्री धेरै हुँदा व्यवसायीले कालोबजारीसमेत गर्ने गरेको उनको अनुभव छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित चार/पाँच वर्ष समूह बनाएर अनुगमन गरिरहेको बताए । उनले पछिल्लोपटक दाल, गेडागुडी र खाने तेलको भाउ बढेको गुनासो आएको र अबको अनुगमन त्यसैमा केन्द्रित हुने पनि जानकारी दिए । गोरखापत्र दैनिक