५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले अमेरिकाको राष्ट्रिय क्रिकेट लिगमा प्रतिबन्ध लगायो



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिकाको राष्ट्रिय क्रिकेट लिग (एनएलसी) लाई प्रतिबन्ध लगाएको छ । आईसीसीले युनाइटेड स्टेट्स अफ अमेरिका क्रिकेट (युएसएसी) लाई पत्र लेखेर लिगको भावी संस्करणलाई स्वीकृति नदिने निर्णय गरेको जानकारी गराएको छ ।

लिगमा प्लेइङ इलेभेनको नियम पालना नगरिएको पत्रमा लेखिएको छ । यस टी–१० फर्म्याट प्रतियोगितामा ६–७ विदेशी खेलाडी खेलेका थिए ।

एनसीएलको पहिलो सिजन अक्टोबर ४ देखि १४ सम्म भएको थियो । रोबिन उथप्पाको कप्तानीमा रहेको शिकागो सीसीले एट्लान्टा किंग्सलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

कुन नियम उल्लङ्घन गरियो ?
–आईसीसीको नियम अनुसार लिगमा खेल्ने प्रत्येक टोलीको प्लेइङ इलेभेनमा कम्तिमा ७ जना अमेरिकी खेलाडी हुनुपर्ने भए पनि धेरै खेलमा ६–७ जना विदेशी खेलाडीलाई उतारिएको थियो ।

– खेलहरूमा ड्रप–इन पिचहरू प्रयोग गरियो, जुन धेरै खराब थियो । पिच यति खराब थियो कि वाहब रियाज र टिमल मिल्सले ब्याट्सम्यानलाई चोट नपरोस् भनेर स्पिन बलिङ गर्नुपर्‍यो ।

–लिगका अधिकारीहरूले विदेशी खेलाडीहरूलाई मौका दिन अमेरिकी अध्यागमन नियमहरू पनि तोडे । अमेरिकामा खेलकुद श्रेणीको भिसाका लागि ६ टोलीका लागि कम्तीमा २ लाख अमेरिकी डलर खर्च लाग्छ । धेरै खेलाडी पैसा जोगाउन खेलकुद भिसामा गएका थिएनन् ।