२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ

रुकुम पश्चिम हत्याकाण्डः हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा विवाद

रुकुम पश्चिम हत्याकाण्डः हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा विवाद
अ अ+ अ-

सुर्खेत । रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतमा दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा मात्रै मत मिलेको छ । राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय भने तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै बालसुधार गृहमा पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । तीमध्ये मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा दुवै न्यायाधीशको मत मिलेको हो ।

के यो मूल मुद्दा हो ?

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषय मूल मुद्दा होइन । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ । उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् । अनि केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ । यो मुद्दामा तेस्रो न्यायाधीशको समेत राय आएपछि आरोपितलाई थुनामै राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्नेमध्ये एउटा आदेश हुनेछ । त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ । सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ । तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन ।

केमा राय बाझियो ?

सुर्खेत उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलका अनुसार राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुनेछ । उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउनेछ । आइतबार मध्यरातमा मात्रै आदेश तयार भएकाले को को व्यक्तिलाई छाड्ने नछाड्ने हो भन्नेबारे आफूलाई सम्झना नभएको पौडेलले बताए । उनले भने, ‘बिहान कार्यालय खुलेपछि मात्रै मैले थप भन्न सक्छु ।’ रुकुम पश्चिमको जिल्ला अदालतले गत असारमा घटनामा जोडिएकी किशोरीकी आमालाई मात्रै एक लाख रुपैयाँ धरौटी मागेको थियो । तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने आदेश गरिएकामा इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्द थिए । वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत अरू सबैलाई थुनाको आदेश जारी भएको थियो । घटनामा संलग्न भएको आरोप लागेका पाँच जना फरार थिए । कान्तिपुर दैनिक