२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ

इतिहास बोकेको न्यारोगेज रेल खिया लागेर कवाडीमा परिणत हुँदै

इतिहास बोकेको न्यारोगेज रेल खिया लागेर कवाडीमा परिणत हुँदै
अ अ+ अ-

जनकपुरधाम । सरकारले यही असोज २ गते भारतबाट दुई सेट रेल जनकपुर ल्यायो। नेपालले आफैं किनेका नयाँ रेल आइपुगेपछि देशभर चर्चापरिचर्चा भयो। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिन भने खिया लागेर कवाडीमा परिणत हुँदै छन्। नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेलवे सेवा बन्द भएको ७ वर्षे अवधिमा पुराना इन्जिन, बोगी र अन्य उपकरण जीर्ण बन्दै छन्। विश्वमै दुर्लभ मानिएको न्यारोगेज रेलका कतिपय सामग्री चोरीसमेत भएको पाइएको छ। नेपाल रेलवेको स्टेसन कारखानामा थन्क्याइएका न्यारोगेज इन्जिनलाई सांस्कृतिक संग्रहालय बनाएर विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा बेवास्ता गरिएको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेख बताउँछन्।

‘हामीले न्यारोगेज रेलको इन्जिन राखेर म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग ग¥यो। तर, हामीले चिठीको जवाफ पाएका छैनौं’, गाउँपालिका अध्यक्ष शेख भन्छन्, ‘संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप गर्न मिलेन। त्यसैले म्युजियम बनाई इन्जिन संरक्षण गर्ने काम हुन सकेको छैन।’ जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेलवे ट्र्याक खण्डको खुला स्टेसनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा कुहिरहेका छन्। जनकपुर–जयनगर रेल सेवा बन्द भएपछि नेपाल रेलवेको विघटन भएसँगै रेल सम्पत्ति संरक्षण गर्न कर्मचारी खटाइएका थिए। १६ कर्मचारी घरमै बसेर तलबभत्ता खाँदै पार्टपुर्जासमेत बिक्री गरेको स्थानीय धनिकलाल दास बताउँछन्। ‘रेलमा पुरानो इतिहास बोकेको देश नेपालबाहेक कुनै छैन। तर, हामीले यसको महत्व बुझ्न सकेका छैनौं’, दास भन्छन्, ‘न्यारोगेज अरू देशमा छैन, त्यहाँ कति महत्व छ। तर, हाम्रो देशमा छ, यहाँ महत्व छैन। यसलाई अन्य ठाउँमा भए हीराझैं सजाएर राख्थ्यो।

हाम्रो देशमा न्यारोगेज रेलवेको कोइला इन्जिन छोप्ने छत पनि छैन।’ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले हालै संग्रहालय बनाएर संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको फेसबुकमा लेखेका छन्। नेपालमा रेल सेवाको इतिहास सन् १९२७ मा सुरु भएको थियो। नेपाल सरकार रेलवे ९एनलीआर० मातहत पहिलो रेल ७६२ एमएम न्यारोगेज हो। तत्कालीन बेलायत सरकारले भारतको रक्सौलबाट अमलेखगन्जसम्म ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। दोस्रो चरणमा जयनगर–जनकपुर रेलमार्ग बनाइएको हो। भारतको जयनगरबाट महोत्तरीको विजलपुरासम्म तत्कालीन बेलायत सरकारले नेपालबाट जडीबुटी, काठ तथा खनिज पदार्थ लैजान सन् १९३७ मा रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारोगेजकै थियो। सोही कोइला रेलका इन्जिनको हाल अवमूल्यन हुँदै कवाडीजस्तै फालिएको संस्कृतिविद् डा. राभरोष कापडि ‘भम्रर’को भनाइ छ।

‘नेपाल सरकारले नयाँ रेल ल्याएको छ। त्यसका लागि स्वागत र बधाई छ। तर, पुरानो बहुमूल्य वस्तुको अवमूल्यन संस्कृतिउपरको प्रहार हो’, कापडी भन्छन्, ‘विश्वको अनौठो कल्पनाका चिजहरू हेर्न हामी भौतारिन्छौं। तर, हामीकहाँ भएको रेलका इन्जिनदेखि पार्टपुर्जा र कारखानाको सामग्रीलाई संरक्षण गर्न सकिरहेका छैनौं। विश्वका पर्यटक भित्र्याउने ठूलो माध्यम हुने रेलको इन्जिनलाई अवमूल्यन गरेर सांस्कृतिक धरोहर मेटाउँदै छौं।’

जनकपुर–विजलपुरा २२ किलोमिटर रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ देखि रेल सञ्चालन ठप्प भएको थियो। यसको लम्बाइ र रेल लिकको स्तरोन्नति गरी ब्रोडगेजमा विस्तार गर्ने नीतिअनुसार रेलमार्गलाई जयनगर–जनकपुर–बिजलपुरा–बर्दिबाससम्म ६९ किलोमिटरमा काम भइरहेको छ। जयनगरबाट जनकपुरसम्म भने रेल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार भइसकेको छ। भारत सरकारको सहयोगमा निर्माणाधीन ६९ किलोमिटर रेलमार्गमध्ये तीन किलोमिटर भारतीय भूमिमा पर्छ। अन्नपुर्णपोष्ट दैनिक