९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्र्याङ्दी नदीमा ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना



अ+ अ-

बेसीसहर । मस्र्याङ्दी नदीमा ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु गरिएको छ। मस्र्याङ्दीमा यसअघि तीन ठूला जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। तीमध्ये दुई वटा लमजुङमै छन्। बेसीसहर नगरपालिका–१० र वडा नम्बर–६ लाई मुख्य प्रभावित क्षेत्र बनाएर मस्र्याङ्दीबेसी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो। आयोजना निर्माणका लागि विद्युत् खरिद सम्झौता (पीपीए) र लगानी व्यवस्थापन भइसकेको छ। दिव्यज्योति हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी चाइना चोङकुइङ अनलाय हर्बल कम्पनी लिमिटेडको ९८ प्रतिशत लगानी छ। बाँकी २ प्रतिशत लगानी नेपालका गोपालकृष्ण कोइरालाको रहनेछ। दिव्यज्योति हाइड्रोपावरले चिनियाँ कम्पनीलाई सेयर बेचेको हो। दिव्यज्योतिले १० वर्षअघि नै आयोजनाको सर्भे गरेको थियो।

दिव्यज्योतिका उपमहाप्रबन्धक एवं प्रमुख इन्जिनियर कोलुङ च्याले चिनियाँ प्रविधिमार्फत जलविद्युत् निर्माण गरिने जानकारी दिए। २०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको आयोजनाले २०८४/०८५ अगावै निर्माण सक्ने लक्ष्य लिएको छ। आयोजना निर्माणमा ८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको परामर्शदाता नेपाल इन्भाइरोनमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रालि (एनईसीडी) का प्रबन्ध निर्देशक नारायणप्रसाद खनालले बताए। बेसीसहर नगरपालिका–६, बेलौती बिसौनानजिकै बाँध बाँधेर ६ दशमलव ६५ मिटरको सुरुङ निर्माण गरी ३ सय १५ मिटरको पेनस्टक पाइप राखेर बेसीसहर नगरपालिका–१० सालडाँडामुनि अर्धभूमिगत गृह निर्माण गरेर विद्युत् उत्पादन गरिनेछ। 

रन अफ द रिभर प्रविधिको यो आयोजनामा २५/२५ मेगावाटका दुई वटा फ्रान्सिस टर्बाइन रहनेछन्। उत्पादित विद्युत् उत्पादन गृहबाट पाँच किलोमिटर दूरीमा निर्माण गरिने उदिपुर सबस्टेसनमा जडान गरिनेछ। आयोजनाबाट वार्षिक ३ सय २१ दशमलव १५ गिगावाट आवर ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ। सुक्खायाममा ६५ दशमलव ५० गिगावाट आवर र वर्षायाममा २ सय ५८ दशमलव ६५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै