२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो अनुसन्धान



अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएको हो । सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा। टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताउनु भयो । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रवि लामिछानेलाई चितवनबाट काँस्की लैजाँदाखेरी राति लगियो, दुव्र्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरुले पनि प्रशस्तै समाचार लेखे । त्यसको पनि ध्यानाकर्षण भयो । सँगै हाम्रो टोलीले गएर काँस्की प्रहरीसँग पनि सोधपुछ गरेका छौँ । साथै हामीले रवि लामिछानेसँग पनि जानकारी लिएका छौँ । उहाँले ममाथि मानव अधिकार उल्लंघन भयो, ममाथि दुव्र्यवहार भयो भन्नुभएको हुनाले उहाँको भनाइ के कति सत्य हो भन्ने सन्दर्भमा जो प्रहरीलाई भन्नुभएको छ, ममाथि दुव्र्यवहार गरियो भनेर ति प्रहरी अधिकारीलाई बेलाएर छलफल गरेको हो ।

आजको छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ आउनुभएको थियो । उहाँसँग जानकारी लिने काम गरेका छौँ । प्रहरी महानिरीक्षक काठमाडौं बाहिर भएको कारणले आउन सक्नुभएन । यो अनुसन्धानलाई हामीले निरन्तर अघि बढाइरहेका छौँ । प्रमाण संकलन गर्नसक्छौँ । प्रमाण संकलनको सन्दर्भमा अदालतलाई भए सरहको अधिकार राष्ट्रिय मानव अधिकार आयोगलाई छ । त्यो काम हामी गर्छौं । निरन्तर अनुसन्धान जारी छ । गम्भीर भएर हामी यो अनुसन्धानलाई अघि बढाउँछौँ ।’

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।