२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ले आइतबार हिन्दी संस्करणमा बनायो कीर्तिमानः एकै दिन ८६ करोड कमायो



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा–२’ ले कमाईका हिसाबले सबै रेकर्ड तोडेको छ । हिन्दी संस्करणमा फिल्मले आइतबार मात्रै ८६ करोड भारु कलेक्सन गरेको थियो ।

योसँगै फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ५२९.४५ करोड कमाइसकेको छ । फिल्मले रिलिज भएको चार दिनमा विश्वभर ८०० करोड भारु कलेक्सन गरेको इन्डस्ट्री ट्र्याकर सकनिल्कले जनाएको छ ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार पुष्पा २ ले आइतबार मात्रै हिन्दी संस्करणमा ८६ करोड रुपैयाँ कमाएको छ ।

फिल्म ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।