२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकस्टार आयुषसिंह ठकुरी र एलिजेको टिकटक आईडी गायब !



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा चर्चित जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोल हुँदै आएका छन् । आफ्नी आमालाई लिएर गरेको टिप्पणीपछि आयुषले ट्रोलको सामना गर्नुपरेको हो ।

यसैबीच, यो जोडीको टिकटक अकाउन्ट नै गायब भएको छ । सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।

पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर्स थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर्स थिए ।

अहिले उनीहरूको युजरनेम सर्च गरेर हेर्दा उक्त पेज उपलब्ध नभएको देखाउँछ ।

यी जोडीले जानाजान अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्नेबारे खुलिसकेको छैन ।