२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनभन्दा पहिले महेश बाबुलाई गरिएको थियो ‘पुष्पा’को अफर



अ+ अ-

एजेन्सी । डिसेम्बर ५ मा रिलिज भएको फिल्म ‘पुष्पा २ः द रुल’ले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ ।

यसको अघिल्लो फिल्म पुष्पाः द राइजले विश्वभर ३७३ करोडको कलेक्सन गरेको थियो भने यसको सिक्वेल फिल्म ‘पुष्पा २’ ले तीन दिनमा सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा छैठौं स्थानमा पुगेको छ ।

यो फिल्म तेलुगु र हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ । तर, थोरैलाई थाहा छ कि अल्लु अर्जुनभन्दा अगाडि पुष्पाको भूमिका निर्वाह गर्नका लागि महेश बाबु निर्माताको पहिलो रोजाइ थिए ।

उनले यो फिल्म साइन पनि गरेका थिए तर पछि उनले अस्वीकार गरेका थिए । योसँगै आर माधवन र विक्रम जस्ता कलाकार पनि फिल्मको हिस्सा बन्न सक्थे ।

चलचित्र पुष्पा निर्देशक सुकुमारले लेखेका हुन् । सन् २०१४ मा सुकुमारले निर्देशन गरेको फिल्म ‘१ः नेनाक्कडिन’मा महेश बाबुले मुख्य भूमिका निभाएका थिए । जब सुकुमारले पुष्पा फिल्मको स्क्रिप्ट पूरा गरे, पहिलो रोजाईमा महेश बाबु थिए । महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मन पर्यो र उनी यसमा सहमत भए ।

सन् २०१८ मा महेश बाबु फिल्म महर्षि (२०१९)को सुटिङमा थिए, त्यसपछि उनी पुष्पाको सुटिङ सुरु गर्न लागेका थिए । २०१८ मा मिथरी मूभी मेकर्सले निर्देशक सुकुमार र महेश बाबुलाई लिएर एक फिल्म घोषणा गरे । यो फिल्मको छायांकन जनवरी २०१९ बाट सुरु हुने भनिएको थियो, तर त्यसअघि महेश बाबुले रचनात्मक भिन्नताको कारण सुकुमारका दुवै फिल्म छोडेर ‘सरिलेरु नीकेवारु’लाई साइन गरे ।

महेश बाबुले फिल्म छोडेपछि सुकुमारले अल्लु अर्जुनलाई फिल्म अफर गरेका थिए । यसअघि अल्लु अर्जुनले सुकुमारको फिल्म आर्य २ मा काम गरेका थिए ।

‘पुष्पा’मा मलयालम अभिनेता फहद फाजिलले नकारात्मक भूमिका निभाएका छन् । तर, यो भूमिका सबैभन्दा पहिले अभिनेता जिशु सेनगुप्तालाई दिइएको थियो । उनले फिल्म साइन पनि गरेका थिए तर कोभिड १९ का कारण उनले फिल्म अस्वीकार गरेका थिए ।

जसु सेनगुप्ता पछि विजय सेतुपतिलाई फिल्ममा फाइनल गरिएको थियो । जनवरी २०२० मा यसको घोषणा पनि गरिएको थियो, तर जुलाई २०२० मा, विजय सेतुपतिले आफ्नो व्यस्त कार्यक्रमका कारण फिल्म छोडे ।

यसपछि विक्रम, बबी सिम्हा, आर. माधवन र आर्य जस्ता कलाकारहरूको नाम पनि विचार गरियो, तर अन्ततः फहद फाजिललाई फिल्मको लागि फाइनल गरियो ।