३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे
अ+ अ-

सुदूरपश्चिम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिसम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले निजी क्षेत्र अगाडि नबढेमा सरकारको एकल प्रयासले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । दक्षिण र पश्चिममा भारतसँग टाँसिएकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटनको गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसका लागि आवश्यक पूर्वाधार जुटाउने वातावरण बनाउन जरुरी रहेकामा जोड दिनुभयो । मन्त्री पाण्डेले समयानुकूल पर्यटन र हवाई नीति बनाउन लागिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनको विकासका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उहाँले निर्माणाधीन सेती लोकमार्गमार्फत सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुल्न सकेमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपालकै बाटो भएर कैलास मानसरोवर पुग्नसक्ने भई यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने देखिएकाले आफूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र स्तरोन्नति, उरै भन्ज्याङ हुँदै कैलास मानसरोवर जाने बाटोको व्यवस्था, गौरीफन्टा र वनबासा नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माण, उड्डयन क्षेत्रको सबलीकरण र नीतिगत सुधारमा सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा गरिरहेको गतिविधिका बारेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रकाश पार्नुभएको थियो । प्रदेशको मन्त्रालयले पर्यटन गुरुयोजना र पर्यटन ऐन लागू गरेर पर्यटनसम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि पूर्वाधार निर्माणमा पर्याप्त बजेटको अभाव रहँदा यसको विकासमा अपेक्षित सुधार आउन सकिरहेको छैन । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गरेपनि त्यस अनुसारका पूर्वाधार अझै जुट्न सकेको छैन ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशसभा सदस्य धर्मराज पाठक, शिवसिंह ओलीलगायतले पर्यटनको विकासका लागि गर्नुपर्ने सुधारका बारेमा सुझाव दिनुभएको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसअन्तर्गतका निकायका कर्मचारी, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।रासस